कञ्चनपुर, फागुन २० (ई-रैवार)
कञ्चनपुरमा दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरीक मारिएका छन्। कञ्चनपुरको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्।
बेलौरी नगरपालिका वडा नम्बर ६ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।
उनका अनुसार गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको हो। मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक थापाको कमाण्डको टोलि बेलौरीतर्फ हिडेको छ ।


