काठमाडौं, कार्तिक २३ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट देशभर आज थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।
शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । शुक्रबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


