कोरोनाको संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९ पुग्यो

कोरोनाको संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९ पुग्यो
Spread the love

काठमाडौं, असोज १५ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  मृत्यु हुनेमा १ महिला र १० पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।  बिहीबार थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ ।