चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्नेछ : नेपाल

चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्नेछ : नेपाल
Spread the love

काठमाडौं, असोज २९ (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले भने, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।” अध्यक्ष नेपालले दसैं, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।