नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय  ६१ जना डिस्चार्ज

नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय  ६१ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज १५ (ई-रैवार)

नेपालमा आज थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय  १७, कैलालीमा १ सय  ६१, मोरङमा १ सय  ५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।

त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७/१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।

कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

योसहित कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९ सय  ६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

हाल  देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५सय ९ जनाको मृत्यु भएको छ ।