लिभरपुलले आर्सनललाई पराजित गर्दै लगातार तेस्रो जित

लिभरपुलले आर्सनललाई पराजित गर्दै लगातार तेस्रो जित
Spread the love

एजेन्सी, असोज १३ (ई-रैवार)

लिभरपुलले प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो ।

लिभरपुललाई पुनरागमन जित दिलाउन साडिओ माने, आन्द्रे रोवेर्टसन र डिओगो जोटाले एक एक गोल गरे । आर्सनलका लागि एलेकजान्दर लाकाजेटेले गोल गरे ।

खेलमा सुरुआती अग्रता भने पाहुना टोली आर्सनलले लिएको थियो । खेलको २५ औं मिनेटमा लाकाजेटेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३४ औं मिनेटमा आन्द्रे रोवेर्टसनले गोल गरे । उनले एलेकजान्दर आर्नेल्डको पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल गर्ने क्रममाः जोटाले गोल गरे । उनले खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले तीन खेलबाट नौ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । यता पराजित आर्सनल भने तीन खेलमा पहिलो हार व्यहोरेको छ । सुरुआती दुई खेलमा जित निकालेको आर्सनल छ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।