बाघको आक्रमणबाट १२ बर्षीय बालकको मृत्यु

बाघको आक्रमणबाट १२ बर्षीय बालकको मृत्यु
Spread the love

डडेल्धुरा, कार्तिक २४ (ई-रैवार) 

डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बाघको आक्रमणबाट १२ वर्षीय बालक दिलबहादुर साउँद मृत्यु भएको हो ।

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भटटले आइतबार डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट साउँदको मृत्यु भएको जानकारी दिईन् ।