अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ
Spread the love

धनगढी, असोज ११ (ई–रैवार)

सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् । कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एकजनालाई नियन्त्रणमा लिईएको जानकारी दिएका छन ।

प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापा का अनुसार पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका २ का २८ वर्षीय शिव भुल रहेका छन् । उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवारविचवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले शनिबार सुनका गरगहना सहित भारतबाट फर्किदै गरेका दुई जना पक्राउ गरेको थियो ।

यसअघि पक्राउ परेका दुवै जना डोटीको केआईसिह गाउँपालिका २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय  सुनिल भुजेल हुन् । उनीहरुबाट चार सय ४० ग्राम छ सय ३० मिलिग्राम  बराबरका विभिन्न गरगहना बरामद गरिएको थियो ।