काठमाडौं, भदौ १९ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुषगरी १४ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया ३ महिला र चितवनका ३५ वर्षीया १ महिला रहेका छन् ।
त्यसैगरी सप्तरीका ५५, ५५ वर्षीय २ पुरुष, धनुषाका ६५ वर्षीय १, कास्कीका ३१ वर्षीय १, नवलपरासीका ३७ वर्षीय १, प्युठानका ५८ वर्षीय १, रुपन्देहीका ७८ वर्षीय १, पाल्पाका ६३ वर्षीय १ र सुर्खेतका ४२ वर्षीय १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।


