नेपाली सेनाको पृतनापति सम्मेलन तीन दिनसम्म चल्ने

नेपाली सेनाको पृतनापति सम्मेलन तीन दिनसम्म चल्ने
Spread the love

काठमाडौ, कात्तिक २ (ई-रैवार) 

नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्न थालेको छ । मुलुकको समग्र शान्ति सुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे सम्मेलनमा समीक्षा हुने थालेको हो ।

प्रत्येक ६–६ महिनामा नियमित रुपमा हुने पृतनापति सम्मेलन यस पटकको भने भर्चुअल माध्यमबाट तीन दिनसम्म चल्ने छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलका अनुसार, सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्‌ तत् स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्नेछ ।

सम्मेलनमा पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा सहभागी हुने प्रवक्ता सहायकरथी पौडेलका बताएका छन्।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।