धनगढी असार १५(ई-रैवार)
सलह किरा सुदूरपश्चिम प्रवेश गरेको छ । शनिबार नेपालको पूर्वी तराई क्षेत्रमा प्रवेश गरेको यो विनाशकारी किरा कैलालीको लम्की र बर्दगोरीयामा क्षेत्रमा देखापरेको स्थानीयले बताएका छन् ।
लम्किचुहा नगरपालिका -१ थकालिपुरमा सलह देखिएको स्थानीयबासीले जानकारी दिए । यस्तै बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको सुन्नमा आएको बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले बताए।


