धनगढी,असोज ११ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमीतको संख्या ६ हजार ९ सय ८२ पुगेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार ९ सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढि कैलालीका १ हजार ७ सय ४७, डोटीका ९ सय ४७, अछामका ९ सय २४, कञ्चनपुरका ७ सय २९, बाजुराका ४ सय ५१, बझाङका ३ सय ८९, बैतडीका ३ सय २९, डडेल्धुराका ३ सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ।
शनिबार थप १० जना डिस्चार्ज भएका छन् । सेती प्रादेशीक अस्पतालबाट २ जना र अछामबाट ८ जना गरि थप १० डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ८ सय ८३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले हालसम्म प्रदेशमा एक हजार ८५ जना संक्रिय संक्रमित रहेको जनाएको छ । जसमा सबैभन्दा बढि कैलालीमा ५ सय ३१ जना , अछाममा १ सय ३०, डोटीमा १ सय ३८, बझाङमा १ सय १३, बैतडीमा ८० जना संक्रिय संक्रमित रहेका छन् ।
यस्तै दार्चुलामा ३५, कञ्चनपुरमा ४७ र सबै भन्दा कम संक्रिय संक्रमितका डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।
शनिबार मात्रै सुदूरपश्चिम प्रदेशमा चार कोरोना संक्रमीतकोे मृत्यु भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २० पुगेको छ।


