नेपालमा आज थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

Spread the love

काठमाडौं : नेपालमा आज थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनागरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२ र कास्कीमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५, बाँकेमा ८७, नवलपरासीमा पुर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७ जना, धनुषामा ६४, कञ्‍चनपुरमा ५५ र सिरहामा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सा र दाङमा ४८/४८ जना, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३० जना, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्‍याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने ७६६ जना निको भएका छन् । हालसम्म ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्‍यु भएको छ । सँगै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।