सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

Spread the love

काठमाडौँ, कात्तिक १६ (ई-रैवार)

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएका छन् । मंगलबार ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ भने सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गरेका छन् ।

यसअघि सोमबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको थियो ।