धनगढी वैशाख ४(ई-रैवार)
धनगढी उपमहानगरपालिकाका चार सय २२ जनामा ¥यापिड किटमार्फत कोभिड–१९को परिक्षण गर्दा सबैमा नेगेटिभ नतिजा आएको छ ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विहिबारसम्म क्वारेन्टाईनमा रहेका ६० जना र बाँकी ७ वटा वडाहरुमा भारत र अन्य मुलूकबाट आएर ‘होम क्वारेन्टाईन’मा बसेकाहरुको परिक्षण गरिएको हो ।

‘पहिलो चरणमा क्वारेन्टाईनमा रहेका र होम क्वारेन्टाईनमा रहेकाहरुको परिक्षण गरिरहेका छौ,’ उपमहानगरपालिकाका अहेब दीपक सुनारले भने,‘जसमा सबैमा नेगेटिभ आएको छ ।’ परिक्षण भएकाहरुमा त्रिनगर भन्सार क्वारेन्टाईनमा रहेका ४२ जना र कैलाली उद्योग वाणिज्य संघमा रहेका १८ जना छन् । त्यसभन्दा बाहेक ६, ७, १०, १२,१३,१४ र १८ वडाका होम क्वारेन्टाईनमा बसेकाहरु छन् ।
बाँकी वडाका होम क्वारेन्टाईनमा रहेका र थप अन्यमा पनि ¥यापिड टेस्ट गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ ।


