डोटी, असोज १० (ई–रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २५ नमुना परीक्षण गर्दा डोटीका १५ र अछामका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालाका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले डोटी सायलका ८ पुरुष र ७ महिला र अछाम मंगलसेनका ७ पुरुष ६ महिलामा सङ्क्रमण पुष्टि भएको बताएका छन ।



