दार्चुला(हिमाल)मा कालाजार

दार्चुला(हिमाल)मा कालाजार
Spread the love

दार्चुला वैशाख ५(ई-रैवार)
अक्सर तराई र गर्मी ठाउँमा देखिने कालाजार रोग हिमाली जिल्ला दार्चुलामा देखिएको छ । विहिबार दार्चुलाको मालिकार्जुनका एकजना विरामीमा कालाजार रहेको पुष्टी भएको छ ।
लामो समयदेखी ज्वरोका बिरामी रहेका ५० वर्षीय पुरुषमा कालाजार रहेको पुष्टी भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । कालाजार पुष्टीभएपछि उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी पठाइएको उनले जनाए ।
विश्वव्यापी जलवायू परिवर्तनका कारण अहिले गर्मी ठाउँमा मात्र पाईने (स्यान्ड फ्लाई) नामक भुसुना अहिले हिमाल फेदीसम्म पुगेको विश्लेषण हुन्छ । कालाजार संक्रमित सोही पोथी भुसुनाको टोकाईबाट कालाजार मान्छेमा सर्छ ।
भुसुनाले टोकेको एकदेखि चार महीनाभित्र मानिसमा कालाजारको लक्षण देखिने जानकारहरु बताउछन् ।

हल्का ज्वरो आउने, तौल घट्ने, थकान हुने, खानामा रुची नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रंग गाढा हुँदै जानेजस्ता यसका मुख्य लक्षणहरु हुन् ।
दार्चुलामा यसअघि २०७५ सालमा चारजनामा कालाजारका बिरामी भेटिएका थिए । सोहीवर्ष कालाजारबाटै एकजनाको मृत्यु समेत भएको थियो ।