धनगढी, जेठ ५ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। संघीय सरकार, प्रदेश सरकार र विभिन्न दाताहरूले सहयोगमा सेती प्रादेशिक अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ गरि ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको बताएका छन् ।
सेती प्रादेशिक अस्पतालमा थप ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप सहजता हुने सूचना अधिकारी श्रेष्ठले बताए।
अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको बताउँदै श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश कै रेफरल सेती प्रादेशिक अस्पतालमा अहिले १ सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १६ जनाको आईसीयू, १ सय १ जना अक्सिजन सपोट र ५ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ ।


