धनगढी मंसिर ५(ई–रैवार)
धनगढीमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको हो ।


