सुर्खेत मंसिर। कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् ।
बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
फुल-कोर्ट ९५×५० महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो ।पुलिसका लागि दिवा महर्जनले सर्वाधिक २० अंक स्कोर गरिन् ।यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७-३ फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरका लागि सन्जु घिसिङले सर्वाधिक १४ अंक जोडिन् ।दिउँसो महिला बास्केटबलतर्फ ९३×३० विधाका खेलहरु संचालन हुनेछन् ।


