भारतमा दैनिक काेराेना संक्रमण दर घट्दै, मृत्यु हुनेमा भारत सबैभन्दा अगाडि

भारतमा दैनिक काेराेना संक्रमण दर घट्दै,  मृत्यु हुनेमा भारत सबैभन्दा अगाडि
Spread the love

काठमाडौँ, जेठ ४ (ई-रैवार)

कोरोनाबाट विश्वमा सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र भारत भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८ हजार ७५१ पुगेको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ ।

नयाँ संक्रमण २ लाख ६३ हजार ६५ जनामा देखिए संगै कुल संक्रमितको संख्या २५ करोड २२ लाख ७ हजार ७० पुगेको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो । तर संख्यात्मक रूपमा हेर्ने हो भने भारत अमेरिका र ब्राजिल पछिको तेस्रो बढी मृत्यु भएको देश हो ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

उता ब्राजिल अर्को सबैभन्दा मृत्यु भएको देश भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१४ को मृत्यु भएको छ । २९ हजार ९१६ जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या १ करोड ५६ लाख ५७ हजार ३९१ पुगेको छ । अर्जेन्टिना र कोलम्बीयमामा पनि पछिल्लो दिनमा मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।