उपाधि जितेको धनगढी उपमहानगरपालिकाको टिमलाई उपमेयर भट्टले गरीन् विमानस्थलमै स्वागत

Spread the love

धनगढी कार्तिक ३० (ई-रैवार) 

ललितपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि जितेको धनगढी उपमहानगरपालिकाको टिमलाई गृह नगरमा सम्मान गरिएको छ ।

ललितपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि जितेको टिमलाई गृह नगर फर्किए पछि धनगढी विमानस्थलमा स्वागत तथा सम्मान गरीएको हो ।

प्रतियोगिताको उपाधि हात पारेर हिजो फर्किएको टिमलाई धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र ‘भट्ट’ ले धनगढी विमानस्थलमा पुगेर स्वागत तथा सम्मान गरेकि हुन । बेलुका ७ बजेतिर विमानबाट ओलिएका खेलाडीहरुलाई विमानस्थलमै खादा ओढाएर मिठाई खुवाएर स्वागतको गरेको उपमेयर भट्टले बताइन् ।

उनले धनगढी उपमहानगरपालिकाको टिम प्रतियोगिताको उपाधि जितेको भन्दै विमानस्थलमै पुगेर स्वागत गरेको बताइन् । ‘ज्यादै खुशी भएको छु’ उपमेयर भट्टले भनिन्, ‘टिममा सहभागित खेलाडी बहिनीहरुलाई स्वागत गर्न पाउँदा ज्यादै खुशी भएको छु ।’

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको थियो ।

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा धनगढी सफल भयो । सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुरले पराजय बेहे¥यौं । खेलको १२ औँ मिनेटमा मनिषा शेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।

१६ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । २४ औँ मिनेटमा धनगढीकी सीमा रावलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो । ४९ औँ र ६४ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–३ बराबरीमा ल्याएकी थिइन् ।उपाधिसँगै धनगढीले ५ लाख तथा उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेका छन् । छनोटमा सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।

प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको टिमबाट रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् ।