काठमाडौं, भदौ २१ (ई-रैवार)
नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषगरी ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस सँगै कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको बताएका छन ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ९०, ललितपुर र भक्तपुरमा ३२ र ३२ जना छन् ।
यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जना, धनुषा, धादिङ र बझाङका १०/१० जना संक्रमित भएका छन् ।
रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४/४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम का अनुसार उनीहरुमध्ये २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन् ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । आज देशभरका हजार १० जनाको ३ सय ८२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २ सय १ जना र होम आइसोलेसनमा ७ हजार ८ सय २६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा २१ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।


