ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु
Spread the love

 

धनगढी, भदौ २० (ई-रैवार)

ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो ।

डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी जवान ऐर राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा ड्युटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भए,’ प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले भने, ‘उनको उपचारको क्रममा आज बिहान मृत्यु हो ।’

ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।