धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते

धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते
Spread the love

 

काठमाडौं, भदौ १८ (ई-रैवार) 

निर्माणाधीन धरहरा छेउमा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते भएका छन् । सुन्धारामा निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर एक जना गम्भीर घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसरले घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको जनाएको छ । पर्खाल भत्किँदा चालक शाह डोजरसहित च्यापिएका हुन । उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको बताइएको छ ।