धनगढी, भदौ १८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण देखिएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको बताएका छन ।
सूचना अधिकारी श्रेष्ठले वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका ५ जना, बर्दगोरीका ४ जना, भजनीका २ जना, मोहन्याल, जानकी र कैलारीका १–१ जना, कञ्चनपुरको बेदकोटका १ जना र ठेगाना नखुलेका १ जनमा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन ।
प्रयोगशालाका ईन्चार्ज भुसालका अनुसार डोटीको जोरायल गाउँपालिकाका ४ जना, अछामको मेल्लेख गाउँपालिकाका १ जना, चौरपाटी गाउँपालिकाका १ जना, बझाङको बुङ्गल नगरपालिकाका १ र जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना प्रहरीमा संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबार २ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार २ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो ।
प्रयोगशाला इन्चार्ज श्रेष्ठले अछामको चौरपाटी गाउँपालिका ४ की १ महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको बताएका छन ।
यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजारले कोरोना जितेका छन भने अहिले सम्म १४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।


