काठमाडौं, भदौ १८ (ई-रैवार)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो ।
आजको बैठकमा राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि डा. युवराज खतिवडा कसलाई पठाउने भन्नेबारेमा छलफल हुँदैछ । त्यसैगरी यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल गर्ने तयारी गरिएको छ ।


