बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद

बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद
Spread the love

धनगढी, असोज १२ (ई-रैवार) 

प्रहरीले धनगढीबाट एक लाख ३४ हजार बढीको भन्सार छलीको सामान बरामद गरको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर -८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर -८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको बताए ।

बरामद गरिएको सामानमा बच्चाको रेडिमेड कपडा, थान कपडा र लेडिज फराक, सुट गरेर एक लाख ३४ हजार मूल्य बराबरको रहेको छ ।  प्रहरी नायब उपरिक्षक विष्टले सामान बरामदगरी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको जानकारी दिएका छन ।