डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

डोटी,  भदौ १८ (ई-रैवार)

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार आज २ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिका ४ की १ महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।