रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार

रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार
Spread the love

 

काठमाडौं, भदौ १८ (ई-रैवार)

रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको हो ।

कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्‍न नहुने भन्दै स्थानिय प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्‍न उपस्थितसँग झडप भएको हो । कोरोना संक्रमणका कारण विभिन्‍न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरेका थिए । तर ललितपुरको पुल्चोकमा रथ तान्‍नका उपस्थित भएका सयौं सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रहारसँगै पानीका फोहोरा पनि फ्याँकेको छ ।

कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।

सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।