सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क
Spread the love

 

धनगढी, भदौ १७ (ई-रैवार)

सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहनेहरुकालागि शुल्क तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहनेहरुका लागि शुल्कतोकेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आपतकालीन कार्य सन्चालन केन्द्र तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, अस्पताल ब्यबस्थापन समिति कार्य सम्पादन समितिले निर्णय अनुसार निर्देशिकाले तोके भन्दा वाहेकका स्वईच्छाले गर्न चाहनेले उक्त शुल्क तिर्ने पर्ने ब्यवस्था गरेको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा २ हजार ५ सय शुल्क तिर्नुपर्ने छ । संघीय सरकारले ४ हजार ४ सय शुल्क लिन सक्ने बताए पनि सेती प्रादेशीक अस्पतालले २ हजार ५ सय शुल्क तोकेको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना भाईरसको लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति, परिवारका सदस्यसंगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने नि:शुल्क कोरोना परीक्षण हुनेछ ।