नेपालमा आज ५ हजार ७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

नेपालमा आज ५ हजार ७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु
Spread the love

काठमाडौँ, वैशाख १८ (ई-रैवार)

नेपालमा आज थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ घण्टामा १४ हजार ९६९ नमुना परीक्षण गर्दा  पिसिआर विधिबाट ५ हजार ७ सय ६ जना र एन्टिजेन विधिबाट ५७ जनागरी ५ हजार ७६३  जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो १४ घण्टामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १ हजार ९३२ जनागरी काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ९५ संक्रमित थपिएका छन्।

यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ ,  सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २८७ जना निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।