कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ १७ (ई-रैवार)

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट ६ महिला र ६ पुरुषगरी १२ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।

त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।