काठमाडौं, जेठ ६ (ई-रैवार)
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनमा पराजय भएका हुन् ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा डा. खिमलाल देवकोटासँग गृहमन्त्री बादल पराजित बनेका हुन् । देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका छन् ।
डा. खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।


