नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट

नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट
Spread the love

काठमाडौं, असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो । ‘इन्ट्रा–डे’ कारोबारमा २०३३.४३ अको विन्दुसम्म झरेको थियो भने २०६४.५७ को उच्च बिन्दु कायम गरेको थियो ।विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जिवन बीमा र उत्पादनमुलक उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित लघुवित्त उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन ।नेप्सेमा उतारचढावबीच ३ अर्ब माथिको कारोबार भएको छ । ६९ हजार ६५५ वटा कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७ करोड ७५ लाख रुपैयाँको किनबेच भएको हो ।जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९८ लाखको कारोबार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा बैंकको १६ लाख ९७ हजार ५२६ कित्ता सेयर किनबेच भएको होयस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।नेप्सेमा बिहीबार कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ९० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।यता मोर्दी इनर्जीको सेयरमूल्य नेप्सेमा कारोबार खुलेपछिको लगातार दोस्रो दिन पनि १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको सेयरमूूल्य ५ . ६७ प्रतिशतले गिरावट हुँदा सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले गिरावट भएको छ ।