कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९५ पुग्यो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९५ पुग्यो
Spread the love

 

काठमाडौँ,  १२ भदौ  (ई-रैवार)

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १ सय ९५ संख्या पुगेको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको बताएका छन ।

प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया २ जना, भक्तपुरमा ६४ वर्षीया १ जना र मकवानपुरकी ७१ वर्षीया १ जना गरी ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय १ जना, पर्साका ७२ वर्षीय १ जना, धनुषाका ४५ वर्षीय १ जना, सिरहाका ५५ वर्षीय १ जना, झापाका ८३ वर्षीय १ जना, चितवनका ५१ वर्षीय १ जना, कास्कीका ५२ वर्षीय १ जना र रुपन्देहीको ६० वर्षीय १ जना गरी ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको १ सय ९५ संख्या पुगेको छ । संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।