काठमाडौँ, १२ भदौ (ई-रैवार)
पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय २९ वटा स्वाब परीक्षण हुँदा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २ सय ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ५ सय ७३ जना र होम आइसोलेसनमा ६ हजार ४ सय ४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा २ जना भेन्टिलेटरमा रहेका छन् । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।


