पवन महरा
डोटी मंसिर २६ : डोटीको सफल र नमुना सहकारी हिमशिखर वहुउद्देश्यीय सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने भएको छ । बिहिबारबाट हिमशिखरले आफ्नै भवनबाट सेवा थाल्ने भएको छ ।
सहकारीको आफ्नै लगानीमा निर्मित तिन तले भवनको बुधबार प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलबाट उद्घाटन समेत भईसकेको छ । सहकारीको ११औँ वार्षिक साधारण सभाको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।
‘उद्घाटनपछि आजै(बिहिबार)बाट आफ्नै भवनबाट सेवा दिदैछौ,’ सहकारीका व्यवस्थापक दीपकसिंह साउँदले भने,‘फाट्टफुट साना कामबाहेक भवन निर्माणका सबै काम सकिएका छन् । बाँकी हुँदै गर्छन् ।’
डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायलमा २०६५ सालमा पाँचजना शेयर सदस्यले सुरुवात गरेको हिमशिखर अहिले डोटीको सफल सहकारी बनेको छ । सहकारीसंग हाल छ सय १० जना शेयर सदस्यहरु छन । सहकारीको हाल एक करोड २८ लाख ४९ हजार छ सय कूल सेयर पूँजी रहेको छ भने, छ करोड १४ लाख ३८ हजार भन्दा बढी रकम वचत संकलन रहेको छ । जसमध्ये गत आर्थिक वर्षमा सहकारीले छ करोड ५९ लाख ५२ हजार भन्दा बढी रकम ऋण लगानी गरेको व्यवस्थापक साँउदले जानकारी दिए । जसमा कृषि व्यवशाय तथा सेवा र व्यापार व्यवसायमा लगानी गरिएको उनले जनाए ।
हिमशिखर गत आर्थिक वर्ष २०७५÷०७६मा एक करोड ३४ लाख ४० हजार चार यस ९२ मुनाफा कमाएको छ । जसमा एक करोड १६ लाख ४१ हजार नौ सय ३६ ब्याजमार्फत र नर्शरीमार्फत अठार लाख २८ हजार ५ सय ५६ मुनाफा छ ।
सहकारीले हाल १० जनालाई रोजगारी समेत दिएको छ । सहकारीले स्थापना काल देखि नै जनहितमा काम गरिरहेको सञ्चालक समितिका अध्यक्ष खेम भण्डारीले बताए । ‘हामी स्थानीय स्तरको व्यवसाय प्रबद्र्धनका साथै यहाँ विद्यमान रहेको गरिबीलाई न्युनिकरण गर्ने अभियानमा छौ,’ उनले भने,‘यसका लागि स्थानीय स्तरमा खेर गईरहेको स–सानो रकम संकलन गरेर पूँजी निर्माण गर्दै त्यसलाई लगानीका रुपमा सर्वसुलभ व्याजमा परिचालन गरिरहेका छौ ।’
स्थानीय स्तरमा लगानीका लागि ऋण नपाईने अवस्थाबाट मुक्त गराउदै स्थानीय व्यवसाय प्रबद्र्धनमा हिमशिखरबाट उल्लेख्य काम गर्न सकेको सञ्चालक समितिका उपाध्यक्ष धनबहादुर शाहीले बताए । उनले भने,‘जतिबेला व्यवसायीलाई बैंक पत्याउदैनथ्यो । त्यो बेला हामीले बिनाधितो सर्वसुलभ लगानी गरेर विश्वासको वातावरण सिर्जना ग¥यौ ।’ त्यसैको उपज सहकारी अगाडी बढिरहेको उनले बताए ।
हिमशिखर सहकारी आफ्नै भवनमा


