गुल्मी घटनाको छानबिनगरी दोषीलाई कारबाही गर : कांग्रेस संसदीय दल

गुल्मी घटनाको छानबिनगरी दोषीलाई कारबाही गर : कांग्रेस संसदीय दल
Spread the love

काठमाडौ, असोज ६  (ई–रैवार)

गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेसको संसदीय दलले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाउन गएको कांग्रेसको टोलीमाथि प्रहरीले गरेको धक्कामुक्काको छानबिन गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन संसदीय दलले माग गरेको हो ।

प्रहरीले ज्ञापन पत्र बुझाउन गएको कांग्रेसको टोलीमाथि सोमबार घक्कामुक्का गर्दा जिल्ला सभापति भुवन श्रेष्ठलगायतका नेताहरु घाइते भएका थिए । “गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं,” प्रमुख सेचतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसदीय दलले आमनागरिकलाई सरकारको प्रत्याभूति दिलाउन, लोकतान्त्रिक कार्यको समर्थन र संविधानको पूर्ण पालना गर्न पनि सरकारलाई सचेत गराएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने कार्यक्रमको क्रममा प्रहरी प्रशासन द्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको घटना प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस विज्ञप्ति

कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतका साथीहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिन्छ ।

हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो । गुल्मी घटनामा संविधानको मूल्य, मान्यता, मर्म र भावनाको ठाडो उल्लंघन भएको छ । उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको छ । स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।

प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका साथीहरु घाइते हुनु भएको छ । जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाईते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

सरकार नेपाली जननताप्रति अनुत्तरदायी भईरहेको छ । एक पछि अर्को जनविरोधी कार्यहरुलाई प्रश्रय दिदै आइरहेको छ । सरकारले जनताका दुःख पिडा र समस्याहरुलाई सम्बोधन गर्नुपर्ने र हालको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि जनउत्तरदायी, गम्भीर र संवेदनशील बन्नु पर्नेमा त्यसको विपरित भ्रष्टाचारमा लिप्त हुने, संविधान विपरिपत कार्यहरुमा अग्रसर छ, जुन सरकारका लागि लजास्पद विषय हो । सरकारका यस्ता किसिमका गैरजिमेम्वार र गैरकानूनी कार्यको खबरदारी गर्दै गलत कदम रोक्न चेतावनी दिन चाहन्छ ।

गुल्मी घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न सम्माननीय प्रधानमन्त्री र माननीय गृह मन्त्रीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं । साथै आमनागरिकलाई सरकारको प्रत्याभूति दिलाउन, लोकतान्त्रिक कार्यको समर्थन र संविधानको पूर्ण पालना गर्न नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।

जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक