करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’
Spread the love

 

 काठमाडौं, भदौ १०  (ई-रैवार)

अभिनेत्री करिष्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि पनि कुलमान घिसिङ्ग नै आउनुपर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमानको विकल्प नभएको बताएकी हुन् ।

कुलमानसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छिन्, ‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन, कुलमन घिसिङ फेरि चाहिन्छ ।’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको यहि भदौ २९ देखि कार्यकाल सकिँदैछ । दैनिक १८ घण्टासम्म हुने लोडेसडिङलाई कुलमान घिसिङले अन्त्य गरेका थिए ।

लोडसेडिङ अन्त्य गरेर सबैको मन जितेका कुलमानप्रति आम जनताको सहानुभूति छ । कार्यकाल सकिए पनि फेरि पनि उनैलाई नेतृत्वमा ल्याउनुपर्ने धेरैको धारणा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ‘कुलमानलाई फेरि ल्याउनुपर्ने’ भन्दै अभियान नै चलाएका छन् ।