एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी, उम्मेदवार टुंगो लगाउने

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी, उम्मेदवार टुंगो लगाउने
Spread the love

काठमाडौं, वैशाख २४ (ई-रैवार)

सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले जारी रहेको छ । बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको हो।

बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न कमिटी बैठकमा छलफल हुन लागेको स्रोत बतायो।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेता माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने, उपनिर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। फस्ट आवरमा उम्मेदवारको टुंगो लाग्छ,’ नेम्वाङले बताए ।

यसैबीच पार्टीभित्र देखिएका विवाद हल गर्नेबारे पनि एमालेमा पछिल्लोपटक नेताहरूले संवाद थालेका छन्। ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा हिजो विभिन्न चरणमा छलफल भएको थियो। फागुन २८ का निर्णयबाट ओली पछि हट्नुपर्ने अडानमा नेता नेपाल पक्ष छ।