काठमाडौँ, भदौ १० (ई-रैवार)
सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभरमा ९ विकेट गुमाउदैँ १ सय ८ रन बनाएको थियो । गुयाना अमेजन वारियर्सका लागि रस टेलरले सर्वाधिक २३ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा मुजिब उर रशमानले सर्वाधिक ३ विकेट लिएका थिए ।
गुयाना अमेजन वारियर्सले दिएको १सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जमैकाका लागि बोनरले सर्वाधिक ३० रन बनाएका थिए ।
जमैका तलैवाजको जितमा सन्दिपको प्रदशर्न पनि निकै रहेको थियो । सन्दिपले आफ्नो ४ ओभरमा १२ रनमा दिएर १ विकेट निकालेका थिए । उनले गुयाना अमेजन वारियर्सका अलराउण्डर शेर्फेन रदरफोर्डको विकेट निकालेका थिए ।
त्यसैगरि हिजो बेलुका भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसले बार्बडोस ट्राईडेन्सलाई ६ विकेटले पराजित गरेको छ ।


