डडेल्धुरा, भदौ ९ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको ६ सय ६६ नमुना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हुन । डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछाममा १७, कैलालीमा १५, कन्चनपुर र बझाङमा समान ८ र ८, र डडेल्धुरामा २ जनामा कारोना पुष्टि भएको छ ।
अछामको एउटै स्थानिय तह बान्निगढी जयगढ गापालिकामा मात्रै १७ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका ७ जना, जानकी र बर्दगोरीया गाउपालिकामा समान ४–४ जनामा कोरोना पुष्टि भएको इन्चार्ज भूषालले बताए ।
उनका अनुसार कन्चनपुरको शुक्लाफाटा नगरपालिकामा ८ जना, बझाङको छब्बिस पाथिभारा गाउपालिकामा ६ जना, बझाङकै दुर्गाथली गाउपालिकामा २ जना र डडेल्धुराको अमरगढी नगरपालिकामा २ जनामा कारोना पुष्टि भएको इन्चार्ज भूषालले बताए ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५ हजार ५ सय ६० पुगेको छ ।



