महेन्द्रनगर, भदौ ६ (ई-रैवार)
कंचनपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका–६ मा मोटरसाईकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१ बस्ने १९ बर्षिय सागर बमको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाका अनुसार युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकल र युके ०६ ए ०६ ए ५८१२ नंम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१० बस्ने वर्ष २० का कुमार र माहाकाली नगरपालिका–१ का १९ वर्षको सागर बम शक्त घाईते भएका थिए ।
उपचारकै क्रममा सागर बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।


