काठमाडौँ, जेठ २५ (ई-रैवार)
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदली सहित हल्का बर्ष भइरहेको अवस्था छ ।
आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ ।


