काठमाडौं, भदौ ५ (ई-रैवार)
मन्त्रिपरिषद्ले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :
१. कोभिड–१९ संक्रमणबाट नेपाली जनताको जीवन रक्षा गर्न नेपाल सरकारले उच्चतम प्राथमिकता दिई लिएको नीति, निर्णय र जारी गरेका आदेश तथा व्यवस्थाहरूलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारका सबै मन्त्रालय तथा सम्बद्ध निकाय, प्रदेश र स्थानीय तहहरू आ९आफ्नो जिम्मेवारी र कार्यक्षेत्र भित्र अति सम्वेदनशील भई साधन स्रोतको उच्चतम प्रयोग गर्दै समन्वयात्मक रूपमा परिचालित हुने ।
२. अन्तर्राष्ट्रिय सीमा, सीमावर्ती क्षेत्र, अन्तर जिल्ला र जिल्लाभित्रका सङ्क्रमणको उच्च जोखिम भएको क्षेत्रभित्रको आवत–जावतलाई नियन्त्रण गर्ने, अति आवश्यक अवस्थामा आवत–जावत गर्दा अनिवार्य रूपमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्यानिटाइजरको प्रयोग वा साबुन पानीले हात धुनेलगायतका जनस्वास्थ्यका मापदण्ड, सुरक्षाका मापदण्ड तथा प्रोटोकलहरू अनिवार्य रूपमा पालना गर्ने, गराउने व्यवस्था सम्बन्धित स्थानीय प्रशासनले गर्ने । सोको लागि सम्बन्धित स्थानीय प्रशासनले मोबाइल गस्ती समेत परिचालन गर्ने।यस कार्यको सम्बन्धित मन्त्रालयर निकायहरूले स्थानीय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने।पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम प्रमुख जिल्ला अधिकारीले तत्काल कारबाही गर्ने ।
३. अत्यावश्यक सेवासँग सम्बन्धित अति जरुरी पेसा, व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्यानिटाइजरको प्रयोग वा साबुन पानीले हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड, सुरक्षाका मापदण्ड, प्रोटोकलहरू र विषयगत मन्त्रालय र निकायबाट जारी भएका मापदण्ड, निर्देशिका एवं यससँग सम्बन्धित अन्य व्यवस्थाहरू सम्बन्धित पेसा वा व्यवसाय सञ्चालन एवम् व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा पालना गर्ने, गराउने। यस व्यवस्थाको पालना भए नभएको सम्बन्धमा सम्बन्धित मन्त्रालयर निकायहरूबाट स्थानीय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने। सोको लागि सम्बन्धित स्थानीय प्रशासनले मोबाइल गस्ती समेत परिचालन गर्ने। स्वास्थ्य र सुरक्षा मापदण्ड पालना नगर्नेलाई प्रचलित कानूनबमोजिम प्रमुख जिल्ला अधिकारीले तत्काल कारबाही गर्ने ।
४. काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टिनको प्रवन्ध तथा व्यवस्थापन गर्न तथा सो सम्बन्धमा देहाय बमोजिमका कार्य गर्न देहाय बमोजिमको काठमाडौं उपत्यका एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने ः
(क) गृह मन्त्रालयको सचिव– संयोजक
(ख) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ वा १२ तहको कर्मचारी– सदस्य
(ग) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको सहसचिव– सदस्य
(घ) महानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग– सदस्य
(ङ) प्रमुख जिल्ला अधिकारी, काठमाडौं, ललितपुर र भक्तपुर– सदस्य
(च) सबै सुरक्षा निकायका उपत्यका हेर्ने राजपत्रांकित प्रथम श्रेणी सरहका पदाधिकारी– सदस्य
(छ) काठमाडौं उपत्यकास्थित क्वारेन्टाइन रहने स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि– सदस्य
(ज) सहसचिव, गृह मन्त्रालय– सदस्य सचिव
उपर्युक्त समितिले एकीकृत क्वारेन्टिन प्रवन्ध तथा सञ्चालन सम्बन्धमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत् सम्बन्धित स्थानीय तहको समन्वयमा देहाय बमोजिम गर्ने गराउने–
(क) क्वारेन्टाइन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने,
(ख) क्वारेन्टाइन स्थलको निर्माण, मर्मत लगायतका अत्यावश्यक कार्य सहरी विकास तथा भवन निर्माण विभाग मार्फत गर्ने,
ग) एकीकृत क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने ।
(घ) क्वारेन्टाइनको सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने, गराउने ।
(ङ) काठमाडौं उपत्यकाका एकीकृत क्वारेन्टिनको अनुगमन गर्ने ।
(च) वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टिनमा राख्ने र क्वारेन्टाइनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड–१९ संककट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहलाई उपलव्ध गराउने व्यवस्था गर्ने ।
५. वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार भएका बाहेक एकीकृत क्वारेन्टिनमा बस्ने अन्यको हकमा क्वारेन्टिनमा रहँदाको खर्च वापतको रकम जिल्ला कोभिड९१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहलाई कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलव्ध गराउने व्यवस्था मिलाउने ।
६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तिमा छ हजार आइसोलेसन बेडको प्रबन्ध गर्ने । आवश्यकतानुसार थप गर्दै जाने । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रक्रमण जोखिमको विश्लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने ।
यसका लागि प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने । आइसोलेसन बेडको व्यवस्था र सञ्चालनका लागि आवश्यक बजेट प्रदेश कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने।आइसोलेसन स्थलको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने ।
७. लक्षण नभएका वा सामान्य लक्षण मात्र भई आफ्नै घर वा अपार्टमेन्टमा बस्न चाहने व्यक्तिहरूलाई स्वास्थ्य प्रोटोकल पालना हुने सुनिश्चित गरी होम आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य संस्था वा इकाइले अनुमति दिने र सोको जानकारी सम्बन्धित स्थानीय तहलाई दिने। होम आइसोलेसनको अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड बमोजिम स्वास्थ्यकर्मी परिचालन गरी स्थानीय तहले गर्ने। होम आइसोलेसनमा बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोलेसन सेण्टरमा राख्ने र लक्षण भएका संक्रमित व्यक्तिलाई मात्र कोभिड अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउने । आइसोलेसन सेन्टर सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने, गराउने ।
८. कोभिड–१९ को सघन उपचारका लागि आवश्यक भेण्टिलेटर, क्ष्ऋग्, अक्सिजन, औषधीलगायत स्वास्थ्य उपकरण, सामग्री तथा जनशक्तिको आवश्यक प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने। यस कार्यमा आवश्यकतानुसार प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने ।
९. कोभिड–१९ को लक्षण भएका अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरूको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठानहरू, निजी शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालहरूबाट समेत सेवा सञ्चालन गर्ने गराउने ।
यसका लागि आवश्यक पर्ने सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका स्वास्थ्य जनशक्ति परिचालन गर्ने।आवश्यकतानुसार कुनै अस्पताललाई कोभिड–१९ को मात्र उपचार गर्ने गरी अस्पताल तोक्ने । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सहयोग गर्ने। यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जोकोहीलाई प्रचलित कान्नबमोजिम कारबाही गर्ने ।
१०. सम्भाव्य संक्रमित व्यक्ति, समूह, समुदाय, क्षेत्र तथा स्थानमा पीसीआर परीक्षणको कार्य थप प्रभावकारी बनाउने ।
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक आगमन यात्रु पाँच सय जनामा नबढ्ने गरी देहाय बमोजिम नियमित तथा उद्धार (चार्टर) अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन र सोको व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम गर्ने व्यवस्था मिलाउने :
(क) पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरू मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान,
(ख) पीसीआर परीक्षण सहज नभएका मुलुकहरु जस्तै साउदी अरव, कुवेत, कतार वा अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान,
(ग) खण्ड (क) बमोजिमको नियमित उडानका लागि २०७७ साल भाद्र १६ गते तदनुसार सेप्टेम्बर १, २०२० देखिको उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्ने ।
(घ) यसरी नियमित उडानमा आउनेले जहाज चढ्नु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र, कोभिड–१९ संककट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्ने गरी होटल बुकिङको प्रमाण साथमा लिइ आउने शर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्ने ।
(ङ) पीसीआर नेगेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तिमा १४ दिन होम क्यारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने ।
(च) होटल क्वारेन्टाइनमा बस्नु पर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा कम्तिमा सात दिन बस्दा लाग्ने खर्च समेत सम्बन्धित यात्रुबाट लिनु पर्ने।यसरी उठाइएको होटल क्वारेन्टाइन वापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एअरलाइन्सको हुने ।
(छ) नियमित उडानमा पीसीआर परीक्षण नगराएका, होटल बुकिङ नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही गर्ने ।
१२. वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरू बाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिकहरू काठमाडौं उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने । तर। पीसीआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने ।
१३. एउटै उडानमा पीसीआर नेगेटिभ भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने । पीसीआर नेगेटिभ भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टाइनमा बस्नु पर्ने र होटल क्वारेन्टाइनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्ने । यस व्यवस्थाको प्रतिकूल हुने गरी एअरलाइन्सले कुनै काम कारवाही गरेको पाइएमा प्रचलित कानुनबमोजिम सम्बन्धित एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्ने ।
१४. उद्धार उडानबाट पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आफ्नै खर्चमा कम्तिमा सात दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड–१९ संककट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० बाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने । यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा बसेको पाँच दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने र नतिजा नेगेटिभ आएमा थप सात दिन होम क्यारेन्टाइनमा बस्ने गरी जान दिने ।
१५. जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टाइनका लागि सूचीकृत होटलहरूको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा सार्वजनिक गर्ने र विदेशस्थित सबै नेपाली नियोगहरू तथा सम्बन्धित सबै वायुसेवाहरूलाई जानकारी गराउने । उपर्युक्तबमोजिमको उडान व्यवस्थापन गर्दा अन्य आवश्यक कुराहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने ।
१६. कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धिलाई थप प्रभावकारी बनाउन देहाय बमोजिम गर्ने –
(क) जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरूस विभिन्न स्वास्थ्य प्रोटोकलहरू, संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने विषयहरूस संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरूस रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शीघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने कार्यहरू र गर्न नहुने विषयहरूको सम्बन्धमा सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवाह गर्ने,
(खं) सार्वजनिक सुरक्षा र सुव्यवस्था, अत्यावश्यक वस्तु र सेवाको जानकारी, संक्रामक रोग ऐन, स्थानीय प्रशासन ऐन, कालोबजारी नियन्त्रण ऐनको कार्यान्वयन सम्बन्धी विषयहरूको सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य गृह मन्त्रालयले गर्ने,
(ग) नेपाल सरकारका तर्फबाट भएका कार्यहरू आम जनतालाई जानकारी गराउनेस सत्य, तथ्य र यथार्थतामा आधारित सूचना प्रवाह गर्ने, मनोबल उच्च राख्ने, सतर्कता अपनाउने र दैनिक व्यवहार गर्दा ध्यान दिने विषयहरूस सुरक्षाका प्रबन्धहरू सम्बन्धी सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धिसम्बन्धी कार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने,
(घ) अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु वा सेवाको आपूर्ति र सञ्चालन सम्बन्धी विषयका सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने,
(ङ) अन्य विषयगत मन्त्रालयरनिकायहरू, प्रदेश सरकार, स्थानीय तहले समेत कोभिड–१९ सम्बन्धी जानकारी, सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धिसम्बन्धी कार्य गर्ने,
(च) यसरी सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धि गर्दा टेलिभिजन, रेडियो, छापा माध्यम, अनलाइन, माइकिङ, पर्चा, पोष्टर, पम्प्लेटलगायतका उपयुक्त माध्यमको प्रयोग गर्ने ।


