सुदूरपश्चिम प्रदेशमा ५७ जना मात्रै कोरोना संक्रमित अस्पतालमा

सुदूरपश्चिम प्रदेशमा ५७ जना मात्रै कोरोना संक्रमित अस्पतालमा
Spread the love

 

कैलाली, साउन ७  (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका ५७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सुदूरपश्चिममा ४ हजार १ सय २७ जना कोरोना संक्रमित मध्ये ५७ जना मात्रै अस्पतालमा उपचार भईरहेको हो । भने एक हजार ८ सय ६० जना होम आईसोलेसनमा रहेका छन ।

सामाजिक विकास मन्त्रालयको तथाड्ढ अनुसार बाँकी एक हजार ८ सय ६० जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा एक हजार ९ सय १७ वटा एक्टिभ केस रहेका छन ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी जिल्ला अस्पतालमा दुई र सेती प्रदेशिक अस्पतालमा एक जना गरी ५७ जनाको उपचार भईरहेको छ । यस्तै सुदूरपश्चिमका आधा भन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन । नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दुई हजार दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार मंगलवार मात्रै अछाम जिल्लाका ७३ जनालाई घर पठाइएको छ । अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ३५, अछामका पाँच सय नौँ, कञ्चनपुरका चार सय ८२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार एक सय २७ पुगेको छ ।