कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १ सय ३७ पुग्यो

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १ सय ३७ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ५ (ई-रैवार)

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट १ महिला र १० पुरुषको मृत्यु भएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक(एक जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।