कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
Spread the love

 

काठमाडौं, भदौ ५ (ई-रैवार)

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुष छन् । उनीहरु दुवैको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

त्यसैगरि आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि अहिले सम्म ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।