नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि, २ सय ६४ जना डिस्चार्ज

नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि, २ सय ६४ जना डिस्चार्ज
Spread the love

 

धनगढी,  भदौ ४ (ई-रैवार)

नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ७ संक्रमित थपिएका हुन् । जसमा १ सय ९२  महिला र ५ सय १५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११  हजार ५ सय ५५  रहेको छ ।   पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म जम्मा ५ लाख  १ हजार  जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७ सय ७२ रहेका छन् । आजसम्म देशभर ११ हजार ७ सय ६८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।